Yespali Teej Pani

यसपालि त तीज पनि छेकिएछ, जूठो पर्यो, बरै!
छेकिएछ, जूठो पर्यो
माइतीघरमा दर खाने सपना पनि त्यसै मर्यो, बरै!
सपना पनि त्यसै मर्यो
यसपालि त तीज पनि छेकिएछ, जूठो पर्यो, बरै!
छेकिएछ, जूठो पर्यो

दाजु आउँथे चेलीकोमा तीजमा बैनी लिन भनी
माइती सबै ढलिसके, छैन आज कोही पनि
दाजु आउँथे चेलीकोमा तीजमा बैनी लिन भनी
माइती सबै ढलिसके, छैन आज कोही पनि

दैव लाग्यो, दिदीबहिनी, खुसीहरू सबै हर्यो, बरै!
खुसीहरू सबै हर्यो
यसपालि त तीज पनि छेकिएछ, जूठो पर्यो, बरै!
छेकिएछ, जूठो पर्यो
माइतीघरमा दर खाने सपना पनि त्यसै मर्यो, बरै!
सपना पनि त्यसै मर्यो



Credits
Writer(s): Raj Kumar Bagar
Lyrics powered by www.musixmatch.com

Link