Yugau Yug

युगौँयुग बाँच तिमी, म नै मरिदिउँला
युगौँयुग बाँच तिमी, म नै मरिदिउँला
ओइलिएको फूल हुँ म
ओइलिएको फूल हुँ म, आफै झरिदिउँला
युगौँयुग बाँच तिमी, म नै मरिदिउँला

कोमल मुटु सँगालेर चोखो माया लाएँ
कोमल मुटु सँगालेर चोखो माया लाएँ
दुख्ने मुटु भयो मेरो, ठूलो चोट पाएँ
तिमीले भेट्ने चौतारीमा हजार पल्ट धाएँ
हो, तिमीले भेट्ने चौतारीमा हजार पल्ट धाएँ
छ कि सास भनी हेर्दा रित्तिएको पाएँ

युगौँयुग बाँच तिमी, म नै मरिदिउँला

प्यास मेट्छु भन्ने सोची नदीछेउ पुगेँ
प्यास मेट्छु भन्ने सोची नदीछेउ पुगेँ
केको पाउँथेँ प्यास मेट्न, नदीमा नै लडेँ
बगाई लग्यो त्यसले मलाई नफर्कने गरी
हो, बगाई लग्यो त्यसले मलाई नफर्कने गरी
मैले फेर्ने सास फेरी बाँच सधैँभरि

युगौँयुग बाँच तिमी, म नै मरिदिउँला
ओइलिएको फूल हुँ म
ओइलिएको फूल हुँ म, आफै झरिदिउँला

आफै झरिदिउँला
आफै झरिदिउँला



Credits
Lyrics powered by www.musixmatch.com

Link