Jaha Bir Ka

झुकेन यो सान हाम्रो, झुक्दैन कहिले पनि
वीरको सन्तान नेपाली छोरो लुक्दैन कहिले पनि

जहाँ वीरताका सारङ्गी रेटिन्छन्
जहाँ पाइलैपिच्छे वीरहरू भेटिन्छन्
ती नै वीरहरूका रगतले लेखेका जिउँदो इतिहासका अक्षर भेटिन्छन्
जहाँ गोरखालीको सान बोकेर चन्द्रसूर्य फरफराउँछन्

यो हो देश नेपाल
यो हो देश नेपाल
यो हो देश नेपाल

लहरा-लहरामा लहराउँछ चन्द्रसूर्य
पहरा-पहरामा फहराउँछ चन्द्रसूर्य
नसा-नसामा जेलिएर यो छातीभित्र कहराउँछ चन्द्रसूर्य
कसैको सामु झुक्दैन यो, आफ्नै सानमा फहराउँछ चन्द्रसूर्य

बहादुर बलभद्र नालापानीमा लड्छन्
महसुर बाघ बूढा जुरमुराउँदै उठ्छन्
सयौँ थुँगा नेपाली एउटै माला भई जुड्छन्

यो हो देश नेपाल
(यो हो देश नेपाल)
यो हो देश नेपाल
(यो हो देश नेपाल)

जहाँ तेन्जिङ शेर्पा सगरमाथा चढ्छन्
जहाँ गौतम बुद्ध शान्तिको ध्यान बस्छन्
जहाँ नेपालीको सान बोकेर चन्द्रसूर्य फरफराउँछन्

यो हो देश नेपाल
यो हो देश नेपाल
यो हो देश नेपाल

चट्टान फोरेर पसिना चुहाउँछ
सिमाना छेक्न जोश जगाउँछ
कहिल्यै नझुक्ने नेपालको छोरो, वैरीलाई मेट्न रगत बगाउँछ

Yeah
Whoa-whoa
Yeah-yeah
Whoa-whoa

कसैको सामु कहिल्यै नझुक्ने सिर हामी
अनेकतामा एकता, नेपाली वीर हामी
अन्याय सहँदैनौँ, दुस्मनको छाती फोड्छौँ

यो हो देश नेपाल
(यो हो देश नेपाल)
यो हो देश नेपाल
(यो हो देश नेपाल)

जहाँ वीरताका सारङ्गी रेटिन्छन्
जहाँ पाइलैपिच्छे वीरहरू भेटिन्छन्
ती नै वीरहरूका रगतले लेखेका जिउँदो इतिहासका अक्षर भेटिन्छन्
जहाँ गोरखालीको सान बोकेर चन्द्रसूर्य फरफराउँछन्

यो हो देश नेपाल
यो हो देश नेपाल
यो हो देश नेपाल

यो हो देश नेपाल
यो हो देश नेपाल
यो हो देश नेपाल



Credits
Lyrics powered by www.musixmatch.com

Link