Neela Akash

नीला आकाश
बादलहरू छरिएछ
आज, आज फेरि यहाँ
सम्झनामा तिम्रो यो मन डुबेछ

प्रियसी, प्रियसी
कहाँ छौ तिमी? छौ कहाँ?
कुरेछु म यहाँ जुनीभरि
कहिले मेटिने यो तिर्सना?

दिनरात, दिनरात
तिम्रै नै छ चाहना
साँचो हौ, साँच्चै छौ कि तिमी?
साँचो हौ कि तिमी या हौ कल्पना?

एक्लो छु म संसारमा
खाँचो धेरै तिम्रो छ यहाँ
आइदेऊ यो जुनीमा
साकारिदेऊ मेरो सपना

नीला आकाश
तिमीबिना शून्यता छ
आज, आज फेरि यहाँ
कल्पनामा तिम्रो यो मन डुबेछ



Credits
Writer(s): Bipul Chettri
Lyrics powered by www.musixmatch.com

Link