Pahile Bhetaima

नजिक नआऊ, नजिक, मनभरि लाज लाग्छ
गाउँघरले के भन्लान्? त्यही भएर डर लाग्छ

कोही नजिक आउँदैमा डराउनुपर्दैन
मनैले हो माया गर्ने, लजाउनुपर्दैन
ओ, कोही नजिक आउँदैमा डराउनुपर्दैन
मनैले हो माया गर्ने, लजाउनुपर्दैन

पहिलो भेटैमा, लाऊँ मायापिरती पहिलो भेटैमा
पहिलो भेटैमा, लाऊँ मायापिरती पहिलो भेटैमा

छड्के नजर लाउँदैमा माया लाउनुपर्दैन
मनकै डर मनकै भर, सम्झाउनुपर्दैन
सुन्यौ? छड्के नजर लाउँदैमा माया लाउनुपर्दैन
मनकै डर मनकै भर, सम्झाउनुपर्दैन

पहिलो भेटैमा, कहाँ हुन्छ पिरती पहिलो भेटैमा?
पहिलो भेटैमा, कहाँ हुन्छ पिरती पहिलो भेटैमा?
तिम्ले आँटे कसले पो रोक्छ र? मनै भए केले पो छेक्छ र?
मायाजालमा पर्नलाई मन छैन, बेसारेको कुरोमा दम छैन

पर-पर तर्किनेलाई, माया दिँदा झर्किनेलाई
दोबाटोमै कुरी बस्छु मोहमाया छर्किनेलाई
ओ, पर-पर तर्किनेलाई, माया दिँदा झर्किनेलाई
दोबाटोमै कुरी बस्छु मोहमाया छर्किनेलाई

पहिलो भेटैमा, लाऊँ मायापिरती पहिलो भेटैमा
पहिलो भेटैमा, लाऊँ मायापिरती पहिलो भेटैमा
मनको लड्डु घिउसँग खानलाई, नखोज है सपनी देख्नलाई
राम्रो हुन्न धेर खिस्सी गर्नलाई, पछुताउली यही माया पाउनलाई

मेरो मन पग्लिँदैन टुनामुना लाउनेसित
चिनाजान केही छैन, पछि-पछि आउनेसित
बुझ्यौ? मेरो मन पग्लिँदैन टुनामुना लाउनेसित
चिनाजान केही छैन, पछि-पछि आउनेसित

पहिलो भेटैमा, कहाँ हुन्छ पिरती पहिलो भेटैमा?
पहिलो भेटैमा, कहाँ हुन्छ पिरती पहिलो भेटैमा?

पहिलो भेटैमा, लाऊँ मायापिरती पहिलो भेटैमा
पहिलो भेटैमा, भो, नलाऊँ पिरती पहिलो भेटैमा
ए, पहिलो भेटैमा, लाऊँ मायापिरती पहिलो भेटैमा
पहिलो भेटैमा, भो, नलाऊँ पिरती पहिलो भेटैमा



Credits
Writer(s): Deepak Bhattarai, Hom Nath Neupane
Lyrics powered by www.musixmatch.com

Link