Dhaka Topi

ढाका-टोपी छ सिरमा, आहा!
पल्लो घरको कान्छी छ दिलमा
माती हिँड्छु म एक्लै भीडमा
हल्ला गर्छु म बेग्लै पीरमा

म हुँ नेपाली, मेरै ताल हो
गर्छु आफ्नो काम, आफैलाई हो
जसले जे गऱ्यो त्यो भूतकाल हो
अब केही गर्छु, मेरो पालो

ढाका-टोपी छैन सिरमा
पल्लो घरको कान्छी गई पोइला
चुपै बस्छु म आजकाल भीडमा
देशै छोड्छु कि यसकै पीरमा

म हुँ नेपाली, मेरै ताल हो
गर्छु आफ्नो काम, आफैलाई हो
जसले जे गऱ्यो त्यो भूतकाल हो
अब केही गर्छु, मेरो पालो

ढाका-टोपी सिरैमा
चन्द्र र सूर्य छ दिलैमा
ढाका-टोपी सिरैमा
गर्न खोज्या केही कुरा मिल्दैन

ढाका-टोपी छैन
विदेश जान्छु कि बेलैमा
ढाका-टोपी छैन
हाम्रो राहदानी कसैले गन्दैन



Credits
Writer(s): Ishan Raj Onta
Lyrics powered by www.musixmatch.com

Link