Yo Mann

आधी-आधी, टुक्रा-टुक्रा मन
यो मन
बोकी हिँड्दा दुख्दो रैछ झन्
यो मन (यो मन)

आफैलाई नियाली हेर्छु म
आफैलाई अधूरो भेट्छु, hmm
हारिसकेँ, म थाकिसकेँ
रोकिँदै छ यी कदम, यी पाइलाहरू
यी पाइलाहरू

यो चिसो एक्लोपन
यो आत्तिरहने मन (यो आत्तिरहने मन), यो मन
आसैआसमा बाँचिराछु म
कतै त शान्ति भेट्छु होला, तर कहाँ?

समयलाई दोष दिन मन छैन
तिमी जस्तै मान्छे नै त हुँ म
तर आज कसरी बुझाऊँ यो मन?

यो मन, यो मन
यो मन, हो



Credits
Writer(s): Bibek Lama, Lakpa Tamang
Lyrics powered by www.musixmatch.com

Link