Mero Sansar

मेरो संसार तिमी नै हौ
बाँच्ने आधार तिमी नै हौ
मेरो धर्ती तिमी नै हौ
खुला आकाश तिमी नै हौ
आस छ तिम्रै नै, साथ देऊ मलाई तिमी सधैँ नै

तिम्रै विश्वास छ, तिम्रै भरोसा
तिमी नै भन न, मेरो तिमीबाहेक को छ र?
शङ्का नगर मेरो मायालाई
गलत छैन मेरो सोचाइ

नियाली हेर मनभित्र
तिमी नै तिमी छौ
बाटो जता मोडिए पनि
गन्तव्य मात्र तिमी हौ

तिम्रै विश्वास छ, तिम्रै भरोसा
तिमी नै भन न, मेरो तिमीबाहेक को छ र?
शङ्का नगर मेरो मायालाई
गलत छैन मेरो सोचाइ

मेरो संसार तिमी नै हौ
बाँच्ने आधार तिमी नै हौ
मेरो धर्ती तिमी नै हौ
खुला आकाश तिमी नै हौ
आस छ तिम्रै नै, साथ देऊ मलाई तिमी सधैँ नै

मेरो संसार तिमी नै हौ



Credits
Writer(s): Sugam Pokharel
Lyrics powered by www.musixmatch.com

Link