Yestai Rahechha Yo Maya

ससाना कुराले झस्काउँछ अझै नै
बिथोल्छ किन आज फेरि यसरी?
तिमीलाई नै सम्झन्छु, तिमीलाई नै कल्पन्छु म
झस्कन्छु किन म रातभरि?

कस्तो यो माया हो? के यो माया हो?
बुझ्नै सकिन, आज गाह्रो भो
सम्हाल्न खोज्छु आफूलाई तर झनै साह्रो भो

यस्तै रहेछ यो प्रीत भन्ने
कहिले मन रुने, कहिले हाँस्ने
चोट छ हृदयभरि, तैपनि सबको अघि
हाँसोको अभिनय गर्नुपर्ने
ओ-हो, yeah

मैले सोचिन, सम्झिन
मेरो लागि तिम्रो मनमा श्रद्धा रैछ
बुझेँ तिम्रो भावना
रोक्न सकिन आँसु, तप्प झरेछ

कस्तो यो माया हो? के यो माया हो?
बुझ्नै सकिन, आज गाह्रो भो
सम्हाल्न खोज्छु आफूलाई तर झनै साह्रो भो

यस्तै रहेछ यो माया भन्ने
कहिले मुटु दुख्ने, आत्मा पोल्ने
पीडा हुन्छ छातीभरि, तीखो छुरा रोपेसरि
वेदना लिई यहाँ बाँच्नुपर्ने

यस्तै रहेछ यो प्रीत भन्ने
कहिले मन रुने, कहिले हाँस्ने
चोट छ हृदयभरि, तैपनि सबको अघि
हाँसोको अभिनय गर्नुपर्ने
ओ-हो, yeah



Credits
Writer(s): Sanjay Shrestha
Lyrics powered by www.musixmatch.com

Link