Aauna Paina Gharma

तिमी उता, म छु यता सात समुन्द्रपारि
पसेको थेँ परदेशैमा फेर्न तिम्रो सारी
हो, तिमी उता, म छु यता सात समुन्द्रपारि
पसेको थेँ परदेशैमा फेर्न तिम्रो सारी

सोध्दिन म यतिबेला आमाले क्यारी छ्यौ
बाटो हेर्दै बलिन्धारा आँसु ती झारिछ्यौ
डराईडराई बाँचेको छु भगवान् कै भरमा
बाटो छेक्यो कोरोनाले आउन पाइन घरमा
आउन पाइन घरमा

तिमी उता, म छु यता सात समुन्द्रपारि
पसेको थेँ परदेशैमा फेर्न तिम्रो सारी

तिमी देशमा, म परदेशमा, भइयो वारिपारि
सम्हालेर राख्नू, प्यारी, परिवार, घरबारी

सोध्दिन म यतिबेला मायाले क्यारी छ्यौ
आकाश हेर्दै बलिन्धारा आँसु ती झारिछ्यौ
फेर्दै छु पलपल सास भेट हुने रहरमा
बाटो छेक्यो कोरोनाले आउन पाइन घरमा
आउन पाइन घरमा

हो, तिमी उता, म छु यता सात समुन्द्रपारि
पसेको थेँ परदेशैमा फेर्न तिम्रो सारी

छैनौ साथमा, छोरी, तिमी, छौ नौ डाँडापारि
सम्झीसम्झी रुन्छु एक्लै मुटु गाँठो पारी

सोद्धिन म यतिबेला छोरीले क्यारी छ्यौ
बाबा आउने बाटो हेर्दै आँसु ती झारिछौ
नयाँ चोली फेर्ने इच्छा थियो सबको हरमा
बाटो छेक्यो कोरोनाले, आउन पाइन घरमा
आउन पाइन घरमा

हो, तिमी उता, म छु यता सात समुन्द्रपारि
पसेको थेँ परदेशैमा फेर्न तिम्रो सारी



Credits
Writer(s): Bishnu Maya Bibhu, Hari Lamsal
Lyrics powered by www.musixmatch.com

Link