Pahad Jasto

पहाडजस्तो बनिदेऊ तिमी, कहिले पनि नझुक्ने
तर सबको बाटोमा पत्थर बनी ठोकर नदेऊ तिमी
पहाडजस्तो बनिदेऊ तिमी

यहाँ लाखौँ आमाका सपनाहरू तिमीमा सबै पूरा होस्
ती वृद्ध आमाका आशाहरूको विश्वासघात नहोस्
यहाँ लाखौँ आमाका सपनाहरू तिमीमा सबै पूरा होस्
ती वृद्ध आमाका आशाहरूको विश्वासघात नहोस्

यहाँ लाखौँ चेलीका लाजहरू तिमीमै बाँचिरहोस्
तर तिम्रै हातमा ती लाजहरू सब कहिल्यै नाश नहोस्
कहिल्यै नाश नहोस्

पहाडजस्तो बनिदेऊ तिमी

तिम्रो इमान र धर्महरू सधैँ अघि बढोस्
ती देशका अनेकौँ वैरीहरू तिम्रो अघि नै झुकोस्
तिम्रो इमान र धर्महरू सधैँ अघि बढोस्
ती देशका अनेकौँ वैरीहरू तिम्रो अघि नै झुकोस्

तिमीलाई पछाई आउने ती भाइले तिम्रै बाटो हिँडोस्
तर तिमीले खनेका बाटोहरू ती अरूलाई खाडल नहोस्
अरूलाई खाडल नहोस्

हिमालजस्तो बनिदेऊ तिमी, कहिले पनि नलुक्ने
तर सबको आँखामा हिउँ बनी विलाइनदेऊ तिमी

पहाडजस्तो बनिदेऊ तिमी



Credits
Writer(s): Kunti Moktan
Lyrics powered by www.musixmatch.com

Link