Kata Kata

कता-कता जाँदै छु म
यो मनलाई त्यता लाँदै छु म
दुःखको बोझ बिसाउने ठाउँ खोज्दै रातमा
कता-कता जाँदै छु म

अतितको यादले कहिले जल्द छु
दुःखको बोझले त्यसै थाक्द छु
यात्री भएर, थकित भएर

कता-कता जाँदैछु म
यो मनलाई त्यता लाँदै छु म

नदेख्ने घाउले झनै दुखाउँछ
पिरको ओखति खोज्दै हिंड्दछु
दुखी भएर, प्रेमी भएर

कता-कता जाँदै छु म
यो मनलाई त्यता लाँदै छु म
दुःखको बोझ बिसाउने ठाउँ खोज्दै रातमा

कता-कता जाँदै छु म
यो मनलाई त्यता लाँदै छु म



Credits
Writer(s): Narayan Oli
Lyrics powered by www.musixmatch.com

Link