Kalpana

कल्पनाको डुङ्गामा तरी आउँला तिम्रै किनार
छालको बहावले बगाउला, डोरी पुऱ्याइदेऊ
धेरै नभए पनि माया डिब्बा-डिब्बाहरूमा
जोगाई ल्याइदिएको छु, मनको दराजमा साँच्नू

जुनी-जुनीभरिलाई तिम्रै हक लाग्नेछ है
एकैपलमै बिलाई जाला फेरि, खोल्न नहतारिनू
तिमी पनि 'माया' भन्ने शब्दमा भावनाहरू
बुनेर मलाई पठाएको कल्पना गरिरहनू

तर ईर्ष्यालु जीवनले आज कुन मोड पुऱ्याइदियो
आँट केवल हिचकिचाहटमै सीमित भइगयो
यदि सयमको सुई घुमाउन सक्थेँ भने मैले
यो कल्पनाको संसारमा बिताउँथेँ होला तिमीसँग फेरि

परेलीमा अल्झिएका ती जिद्दी आँसुका थोपा
हटाइदेऊ, धुँदिला रङ्ग प्रस्ट बनिदिन्छ
काँडैकाँडा फुले पनि फूलहरूको माझमा तिमीलाई
सजाई राख्नेछु, मलाई नि एउटा सानो ठाउँ दिनू

मुटुले उब्जाएका कैयौँ धुनहरू समेटेर
सुनौला अक्षर खोपेर गीत बनाइरहेछु
तिम्रो लागी संसारै जितिदिउँला मैले, माया, कल्पनामा

तर ईर्ष्यालु जीवनले आज कुन मोड पुऱ्याइदियो
आँट केवल हिचकिचाहटमै सीमित भइगयो
यदि सयमको सुई घुमाउन सक्थेँ भने मैले
यो कल्पनाको संसारमा बिताउँथेँ होला तिमीसँग फेरि



Credits
Writer(s): Oasis Thapa
Lyrics powered by www.musixmatch.com

Link