I'm the Game

Yo it's your lil girl back to the game
Check it out yo!

हं!

Nephop को हैन म रानी
Rap हान्दैछु जानी न जानी
सुन्नुस है संकोच नमानी
सुनाउदैछु मनको कहानी

म सानी छु Nephop मा नयाँ हुँ
Nephop को लागि केहि यहाँ गर्दैछु
बिस्तारै अघि म बढ्दैछु
बिस्तारै अघि म बढ्दैछु

माया र घृणा को बिचमा
सहयोगी हेपाईको समाजमा
सबैको कुरा सहेर म
शिखरको उचाई चुम्नेछु म

प्रोत्साहन गर्नेलाई नमस्कार (नमस्कार)
घृणा गर्नेलाई खबरदार (खबरदार)
संघर्ष गर्दै अघि बढ्दैछु
खुट्टा तान्नेहरुलाई पछारनेछु

गर्नेलाई केहि यहाँ गर्नदेउ
नसक्ने चुपचाप बसिदेउ
अरुको प्रगतिमा किन हो जल्ने
आँट छ! आफैले केहि यहाँ गर्ने?
हं!!केहि यहाँ गर्ने?
हं!!केहि यहाँ गर्ने?
हं!!केहि यहाँ गर्ने?

हौसला दिनु त कता हो कता (हं!!कता हो कता)
खोट लगाउनेहरु कति छन् यता
केहि गर्न नसक्ने किन हो बोल्ने (किन हो बोल्ने)
अरुको प्रगतिमा किन मन पोल्ने

सुन्न मनलाग्नेले सुनेर बसम
सुन्न नखोज्ने सुन्दैन्सुनम
माया र समर्थन पाएकैछु यहाँ
तेसैले यहाँ सम्म पुगेकी हुँ म

सहयोगी हात हरुको साथमा
रिशराग गर्ने हरुको माझमा
जोश र जाँगरले भरिपुर्ण
यो फुच्ची आयो केहि गरि देखाउन
हं केहि गरि देखाउन

खुसि छु माया पाएर सबैको
आशा छ पाउनेछु साथ सधैको
बुनु हिडदैछ Nephop को बाटोमा
Don't worry कसैको लिन्न यहाँ सातो म!
हं लिन्न यहाँ सातो म!

Nephop को बाटोमा
नयाँ हुँ पात्र म
I have just started
Wait and watch केहि गरि देखाऊछु म

हं केहि गरि देखाऊछु म
हं केहि गरि देखाऊछु म

Look up in the sky
It's a bird it's a plane
It's a plane No no it's your lil girl in the game
In the game ya ya
In the game ya ya ya
In the game, in the game, in the game, in the game, in the game I'm the game



Credits
Writer(s): Manish Shahi
Lyrics powered by www.musixmatch.com

Link