Udyo Chari

उड्यो चरी आकाशमा भुरुरु, दुई दिनको पराण पखेरु
भुइँमा खस्यो चरी, बचेरा ढुरुरु
भुइँमा खस्यो चरी, बचेरा धुरुरू

गुरधौली-सयपत्री फूल फुल्यो, रोटे पिङमा छोरीको मन भुल्यो
रोटे पिङमा छोरीको मन भुल्यो

आउँदै छिन् रे चढी चिलगाडीमा, पैसा टिप्न गाथिन् रे खाडीमा
पैसा टिप्न गाथिन् रे खाडीमा
दशैँ-तिहार आयो, दशैँ-तिहार
घर फर्की आउँदै छु, पर्खी बसे पियारा
घर फर्की आउँदै छु, पर्खी बसे पियारा

हेर बाबा बाटै तल मानिसको लर्को! मेरी mummy आहिन् केहो ऋण तिर्नलाई घरको
बाबा, ऋण तिर्नलाई घरको
लेऊ त छोरी बैठक बाट मैले टेक्ने लौरी, मलाई पनि सङ्कै लाग्यो - आइछन् घरकी मौरी
छोरी, आइछन् घरकी मौरी
जाम जाम बाबा mummy लाई, लिनलाई खसी किन्ने, दशैँको दिनलाई
खसी किन्ने, बाबा, दशैँको दिनलाई
ल्याइदी होलिन् छोरीलाई नाना नी, mummy ले सब भनेको मान नि
mummy ले सब छोरी भनेको मान नि

उठ उठ मेरी mamu जुरुक्कै उठ न, कति साह्रो निद्रा लाको, घरमै गई सुत न
Mamu, घरमै गई सुत न
भो भो छोरी नउठाऊ भो, उनीलाई सुत्न देऊ, तुलसीको पात अनि फूल टिपेर देऊ
छोरी, फूल टिपेर देऊ
रिसाईछिन् की, फकाउने कसरी? किन रोको? धरधरी यसरी
किन रोको? बाबा, धरधरी यसरी
Mummy गइन् भगवानको देशमा, भेट्न आउँछिन् देवीको भेषमा
भेट आउँछिन् पछि देवीको भेषमा

आजसम्म फर्की आइनन् किन मामु घरमा? फर्काइदेऊ न जुनी मामा बुझी मेरो मर्म
मामा, बुझी मेरो मर्म
तिमीले गर्दा होइन छोरी, मैले गर्दा गाकी, आजभोलि मामाघरमा छन् रे खुसी भाकी
छोरी, छन् रे खुसी भाकी
कति टाढा पर्छ र मामाघर? भेट्न जाऊँ है हामी दुई सरासर
भेट्न जाऊँ है, बाबा, हामी दुई सरासर
मिति पुगे टारेर टर्दैन, नबोलाई जानलाई पर्दैन
देउताको घर छोरी जानलाई पर्दैन

पल्लाघरे बजै भन्छिन्, "तेरी आमा मोरि", कान्छी आमा ल्याउँछ बाले भन्छिन् घरिघरि
बाबा, भन्छिन् घरिघरि
रिस गर्नेले कुरा काट्छन्, थाल्छन् जाला बुन्न, सानी मान्छे, ज्ञानी मान्छे कुरा सुन्न हुन्न
छोरी, कुरा सुन्न हुन्न

साथी हिँड्छन् चिटिक्कै भएर, खुसी किन्छु दुकानमा गएर
खुसी किन्छु, बाबा, दुकानमा गएर
पढी-लेखि ठूली मान्छे बन्ने हो, सुखका दिन औँलामा गन्ने हो
सुखका दिन, छोरी, औँलामा गन्ने हो

हजुरलाई नै सम्झि-सम्झी यत्रो दिन गयो, भगावानकी प्यारी भैछो, बल्ल थाहा भयो
Mummy, बल्ल थाहा भयो
जन्मेपछि मर्नै पर्छ मानिसको चोला, यही हो नियम संसारको, कसलाई थाहा नहोला
छोरी, कसलाई थाहा नहोला
देऊ है आशिष, संसारकै खुसी छुम, अर्को जन्म बाबाकै छोरी हुम
अर्को जन्म पाए बाबाकै छोरी हुम
सपनीमा आउँछिन् र भेटाउँछु, तिमीलाई हेरी झझल्को मेटाउँछु
तिमीलाई हेरी उनको झझल्को मेटाउँछु



Credits
Writer(s): Karan Neupane
Lyrics powered by www.musixmatch.com

Link