Usko Katha

उसको बानी एकदम राम्रो सबलाई राम्रो व्यवहार गर्ने
बोल्चालमा छट्टू कहिले गफैमा उडाउने
घुमाउने नयाँ ठाउँमा, भए सम्म आँफै तिर्थ्यो
नत्र झिक न ओए, मैले मात्र खा'को हो र? भन्थ्यो
सोझो थियो, साथी संग मात्र धेरै बोल्थ्यो
नयाँ मान्छे संग बोल्दा अली हिच्किच्याऊंथ्यो
बिदा भयोकी Football खेल्न जाम न भन्थ्यो
कि घुम्न जाने त्यो ठाउँ? भन्दै plan बनाऊँथ्यो
हामी खेलिरहंथ्यौ झमक्कै साँझ पर्ने गरी
नत्र मस्त गफमा, नयाँ ठाउँमा साथी वरिपरी
Guitar बजाऊंथ्यौँ कहिले हामी गीत गाउँदै
उसले बब्बाल हसाऊँथ्यो, जैले फाल्तु गफ हान्दै
घर जाँदा पर्थ्यो रात, आमा पस्किदै भात
मलाइ गालि गर्नु हुन्थ्यो, मैले सुन्थेँ चुपचाप।
भोली पल्ट ऊ फरक देखिन्थ्यो स्कूलमा
सबै हल्ला गर्दै थिए ऊ थिएन त्यो हूलमा
आँखा राता, सोच्यथिन, उ trip मा पो रहेछ
Tension भयो रे, अनि कसले गोटी ख्वाएछ
अनि अरु दिनमा पनि पहिले जस्तो ऊ थेन
घरमा गाली गरिरा'छ रे, ऊ पढ्न सकेन
मसंग रुँदै थियो छाप्किले छोड्यो यार भन्दै
मैले समझाएं, केटीसंग नाराख न सम्बन्धै
घर छाड्छु भन्थ्यो एकदिन एक झापड हानें मैले
त्यस्तो कुरा नगर तैंले, पढ्ने बेला हो यो अहिले
भन्दै सम्झाऊँथ्यो सबैले, जहिले, उसले मानेन
संगत त्यस्तै गर्न थाल्यो, चुरोट खान थालेछ
हेर्दा हेर्दै हाम्रो संगत नै छोडदियो उसले
आवाराझैँ हिड्न थाल्यो बाटोमा धुँवा फुक्दै
अब परिवार, समाजको के बाल उसलाई?
जहिले झ्याप। गाँजा, Tab हान्न थालिसक्यो सबै।
अचम्म लाग्थ्यो कस्तो मान्छे आज कस्तो भयो!
के भर छ? संगत र कर्मको यो फल न हो!
नसम्झाएको हैन सक्दो प्रयास गरें मैले
मरेको शरीर जाग्न सक्दैन भन्थे सबैले
कुकुरलाई घ्यु पच्न सक्दैन भन्ने बुझें अनि
मित्रताको नाता थियो, तोडी गयो त्यही पनि
म व्यस्त हुन थालें, पढाई अनि संगीत तर्फ
उसलाई मेरो बाल थिएन, थिएन मित्रताको अर्थ
धेरैपछि भेटें एकदिन सालेको last माया लाग्यो
पुराना दिनहरु सम्झी भित्रि मन मेरो ओइलायो
उसलाई नि घोचेछ, उसको मनभित्र चस्को पर्यो
अब धेरै बाँच्दिन यार भन्दै उ रुन लाग्यो
केहि दिन पछी एक खबरले स्तब्ध बनायो
उसले आत्महत्या गर्यो भन्दै साथि करायो
लागूपदार्थमा फसी उ छुट्न सकेन
जीवनभरमा कहिल्यै राम्रो काम गर्न सकेन
सबलाई कती दुख दिनु, उसलाई धिक्कार लागेछ
माफी माग्दै Suicide note लेखि संसार त्यागेछ!



Credits
Writer(s): Nepz Flo'
Lyrics powered by www.musixmatch.com

Link