Jhari Pareko Raat

झरी परेको रात तिमी र म सँगै बस्ने है
झरी परेको रात तिमी र म सँगै बस्ने है
टाढा-टाढा क्षितिजको रङ्ग, आकाश गर्जेको हेर्ने है
झरी परेको रात...

परदेशी आयो कहाँबाट? लौ न, के-के सुनायो
पानीको रिमझिम मीठा कुराले मलाई फकायो
परदेशी आयो कहाँबाट? लौ न, के-के सुनायो
पानीको रिमझिम मीठा कुराले मलाई फकायो

यौवनको मात बोकेर ल्याउने चिसो हावालाई छेक्ने है
तिमी र म सँगै बस्ने है झरी परेको रात

भिजिएछ भने मनको इच्छा तिम्लाई भनौँला
बलेँसी चुम्न झरेको पानी सँगै खेलौँला
भिजिएछ भने मनको इच्छा तिम्लाई भनौँला
बलेँसी चुम्न झरेको पानी सँगै खेलौँला

पहाडमा आउने आँधीहुरीको मीठो त्यो गुञ्जन सुन्ने है
तिमी र म सँगै बस्ने है

झरी परेको रात तिमी र म सँगै बस्ने है
टाढा-टाढा क्षितिजको रङ्ग, आकाश गर्जेको हेर्ने है



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link