Timro Saath Paya Vane Ta

तिम्रो माया पाएँ भने त अजम्मरी हुन्छु होला म
तिम्रो माया पाएँ भने त अजम्मरी हुन्छु होला म
तिम्रो साथ पाएँ भने त, तिम्रो साथ पाएँ भने त
उडी जून छुन्छु होला म, हो, छुन्छु होला म
तिम्रो माया पाएँ भने त अजम्मरी हुन्छु होला म

आवेशमा वाचा-कसम अनेक थरी खाइन्छ रे
आवेशमा वाचा-कसम अनेक थरी खाइन्छ रे
निधारैमा लेखिएको कुरा मात्रै पाइन्छ रे

तिम्रो हुन पाएँ भने त भाग्यमानी हुन्छु होला म
तिम्रो हुन पाइन भने त, तिम्रो हुन पाइन भने त
शायद मृत्यु चुन्छु होला म, हो, चुन्छु होला म
तिम्रो माया पाएँ भने त अजम्मरी हुन्छु होला म

रथ जस्तो जीवन गुड्न जोडी पाङ्ग्रा चाहिन्छ रे
हो, रथ जस्तो जीवन गुड्न जोडी पाङ्ग्रा चाहिन्छ रे
दुवैको मन चोखो भए, चाहेको चिज पाइन्छ रे

तिमी मेरो भएनौ भने त तारा जस्तै झर्छु होला म
तिम्रो हुन पाइन भने त, तिम्रो हुन पाइन भने त
रुँदै-रुँदै मर्छु होला म, हो, मर्छु होला म
तिम्रो माया पाएँ भने त अजम्मरी हुन्छु होला म



Credits
Writer(s): Rajkumar Bagar
Lyrics powered by www.musixmatch.com

Link