Khai Aja K Vo

जीवनका हरेक मोडमा तिमीलाई साथी मानी
यो मुटु तिम्रो नै अघि राखी हिँडेको थेँ
कहाँबाट कहाँ हामी आज, हेर, आइपुग्यौँ
बोल्न केही शब्द पनि अब छैन

भन्थ्यौँ, साथ हाम्रो रहनेछ सधैँ यो
भन्थ्यौँ, साथ हाम्रो रहनेछ सधैँ यो
खै, आज के भो?

कोशिश धेरै चोटि मैले नगरेको त होइन
सोचेको जस्तो मान्छे किन बन्न सकिन?
चित्रहरूले बल्झाइदिन्छन् अतीतका घाउ यसरी
भुल्न पनि सबै कुरा म सक्दिन

भन्थ्यौँ, साथ हाम्रो रहनेछ सधैँ यो
भन्थ्यौँ, याद हाम्रो रहनेछ सधैँ यो
खै, आज के भो?

जीवनका हरेक मोडमा तिमीलाई साथी मानी
यो मुटु तिम्रो नै अघि राखी हिँडेको थेँ



Credits
Lyrics powered by www.musixmatch.com

Link