समय

समाएन निद्राले अझै पनि यहाँ
माया, यो रात पूरै बाँकी छ
प्रशन हजारौं छन् हेर यी मनमा
तर उत्तरको पाना खाली छ
पर्खिन्छ कसलाई यो समयले कहाँ?
बगिजाने हो जीवनमा लान्छ जहाँ

समयलाई समयले
समयलाई समयले
समयलाई समयले
समयलाई समयले

अनेकौ यि बाटोहरू तर मेरो हो कुन?
हेरी बस्छु माथि एक्लै टोलाएको जून
एक्लै छु आज हुनेछु म एक्लै भोलि
सायद अन्धकार नै हो यो मेरो जिन्दगी

कच्चा धागोले डोर्याइ रहेछ
अँध्यारो लामो जीवनको भुमारीमा

समयलाई समयले
समयलाई समयले
समयलाई समयले
समयलाई समयले



Credits
Writer(s): Nikhil Dhami
Lyrics powered by www.musixmatch.com

Link