Meri Mayalu Laai

आकाशको जून तिमी, धर्ती की परी
मुटुमाझ सजाइरहन्छु तिम्लाई सधैँभरि
छाइरहन्छ्यौ आँखैभरि, तस्बिर हेर्दै बोलाउँछु
मनमन्दिरमा तिम्रै नामको दियो म सधैँ जलाउँछु
ए हावा, ए हावा

उडाई लैजा क्षितिजको कालो बादलुलाई
देखौँ लाग्छ, भेटौँ लाग्छ मेरी मायालुलाई
उडाई लैजा क्षितिजको कालो बादलुलाई
देखौँ लाग्छ, भेटौँ लाग्छ मेरी मायालुलाई

सबै गर्छन् धनका कुरा, लाने के नै पो हो र
सबै गर्छन् धनका कुरा, लाने के नै पो हो र
तिमीबाहेक मनका कुरा बुझिदिने को छ र?
तिमीबाहेक मनका कुरा बुझिदिने को छ र?

सातै जन्म तिमीसँगै यो जीवन सधैँ काट्न पाऊँ
तिमी मेरो भनी हरेक प्रहर सुख दुःख सबै साट्न पाऊँ
ए हावा, ए हावा

उडाई लैजा क्षितिजको कालो बादलुलाई
देखौँ लाग्छ, भेटौँ लाग्छ मेरी मायालुलाई
उडाई लैजा क्षितिजको कालो बादलुलाई
देखौँ लाग्छ, भेटौँ लाग्छ मेरी मायालुलाई

आशाका ती रङ्गहरू तिम्रै लागि साँचेको
आशाका ती रङ्गहरू तिम्रै लागि साँचेको
तिमी छौ र दुनियाँमा म पनि छु बाँचेको
तिमी छौ र दुनियाँमा म पनि छु बाँचेको

सपनीमा पनि बर्बराउँछु, डुलिरहन्छ्यौ मनभरि
नयन खोली चुम्न खोज्छु, देख्दिन कतै वरिपरि
ए हावा, ए हावा

उडाई लैजा क्षितिजको कालो बादलुलाई
देखौँ लाग्छ, भेटौँ लाग्छ मेरी मायालुलाई
उडाई लैजा क्षितिजको कालो बादलुलाई
देखौँ लाग्छ, भेटौँ लाग्छ मेरी मायालुलाई



Credits
Writer(s): Tara Prakash Limbu
Lyrics powered by www.musixmatch.com

Link