Timi Sanga Man Sate

तिमीसँग मन साटेँ, पिरतीको डोरी बाटेँ
नछुटोस् है, नटुटोस् है, नछुटोस् है, नटुटोस् है
तिमीलाई विश्वास गरेँ, म त तिम्रै भरमा परेँ
नतोड है, नछोड है, नतोड है, नछोड है

छोटो हुन्छ बाटो हिँड्दा तिमीसँग (हिँड्दा तिमीसँग)
छोटो हुन्छ बाटो हिँड्दा तिमीसँग
झनै खुलेजस्तो जीवनको रङ्ग
झनै खुलेजस्तो जीवनको रङ्ग

सँगै हुँदा हामी दुई मीठो लाग्छ जीवन
माया गर्ने मान्छेसँग रमाउँछ यो मन

तिमीसँग मन साटेँ, पिरतीको डोरी बाटेँ
नछुटोस् है, नटुटोस् है, नछुटोस् है, नटुटोस् है
तिमीलाई विश्वास गरेँ, म त तिम्रै भरमा परेँ
नतोड है, नछोड है, नतोड है, नछोड है

चोखो भए माया छुट्दैन कहिल्यै (छुट्दैन कहिल्यै)
चोखो भए माया छुट्दैन कहिल्यै
यही एउटा विश्वास राखेको छु मैले
यही एउटा विश्वास राखेको छु मैले

हुनेछैन बाटो अलग हाम्रो कहिले पनि
सँगसँगै रमाउनेछौँ हामी जहिले पनि

तिमीसँग मन साटेँ, पिरतीको डोरी बाटेँ
नछुटोस् है, नटुटोस् है, नछुटोस् है, नटुटोस् है
तिमीलाई विश्वास गरेँ, म त तिम्रै भरमा परेँ
नतोड है, नछोड है, नतोड है, नछोड है



Credits
Writer(s): Rabi Malla
Lyrics powered by www.musixmatch.com

Link