Eta Uta Herchhu

यता हेर्छु, उता हेर्छु
यहाँ सबैजना अघि बढिराको देख्छु
तर बाल छैन केही मलाई
मेरो बाटो छ बेग्लै, थाहा छैन तँलाई

कछुवाको चाल मेरो, चिन्ता छैन केही (ayy)
जति पछि परे पनि पुग्छु म त त्यहीँ (ayy)
मेरो गन्तव्य (ayy), मेरो उद्देश्य (ayy)
चिन्ता नगर, के होला मेरो भविष्य (ayy)
मलाई थाहा छ (ayy) तँलाई डाहा छ (ayy)
तर केही छैन (ayy) मनमा चाह छ (ayy)
अघि बढ्छु म (ayy), एक्लै लड्छु म (ayy)
जति बाधा आओस् सङ्घर्ष गर्छु म (ayy)

यता हेर्छु, उता हेर्छु
यहाँ सबैजना अघि बढिराको देख्छु
तर बाल छैन केही मलाई
मेरो बाटो छ बेग्लै, थाहा छैन तँलाई

यता हेर्छु, उता हेर्छु
यहाँ सबैजना अघि बढिराको देख्छु
तर बाल छैन केही मलाई
मेरो बाटो छ बेग्लै, थाहा छैन तँलाई

म माथि परिवारको आश छ (आश छ)
साथीभाइ सबैजना मेरो साथ छ (साथ छ)
फेरि किन हुनु दुःखी? म त हाँस्छु (हाँस्छु)
म त आफ्नै पारामा बाँच्छु (बाँच्छु)
झुकाउँदिन म कसैको शिर (ayy)
दिने छैन कसैलाई म पीर (ayy)
मलाई मतलब छैन अरूले केही गरोस् (ayy)
मेरो पनि आउनेछ एक दिन (ayy, ayy, ayy)

म हार मान्दिनँ (ayy) अरू जान्दिनँ (ayy)
सपना पूरा गर्छु धेरै सान दिन्न (सान दिन्न)
अघि बढ्छु म (ayy), एक्लै लड्छु म (ayy)
जति बाधा आओस्, सङ्घर्ष गर्छु म (ayy)

यता हेर्छु, उता हेर्छु
यहाँ सबैजना अघि बढिराको देख्छु
तर बाल छैन केही मलाई
मेरो बाटो छ बेग्लै, थाहा छैन तँलाई



Credits
Writer(s): Josh Bishop, Kabin Shrestha
Lyrics powered by www.musixmatch.com

Link