Dil Chup Chha

हो-हो-हो-हो... हो...

मेरा औँला तिम्रो सिउँदोको बाटो गरेर
हाम्रो भाग्यमा नयाँ आयाम थपोस्

हृदयदेखि धड्कनबिच सास फेर्ने छ मधुर गीत
ढुकढुकी गाउँछ लयालु बात
त्यो दिल चुप छ, यो दिल चुप छ
यो दिल चुप छ, त्यो दिल चुप छ

बादलुले आकाशलाई, आकाशले गोधुलीलाई
गोधुलीले घामको किरणलाई
सुस्तरी भन्छ, "तिम्रै हो, सारा जगत तिम्रै हो"

टिलपिलासित परेली बिज्छ, अँधेरी खोज्छ उजेली चित्र
जिस्किरहने मनमनै भित्र
त्यो दिल चुप छ, यो दिल चुप छ
यो दिल चुप छ, त्यो दिल चुप छ

कहिले हर्ष, कहिले पीडा जिन्दगीको तिरैतिर
नसुक्ने यो पिरतीको मूल
बग्ने छ, झनै बग्ने छ टाढा गर्दै कलकल

क्षितिजपार मायालु धार, छल्किरहन्छ हरेक प्रहर
देखाउँ लाग्छ, ओठले रोक्छ

यो दिल चुप छ, त्यो दिल चुप छ
त्यो दिल चुप छ, यो दिल चुप छ

तिम्रा औँला मेरो सिउँदोको बाटो गरेर
हाम्रो भाग्यमा नयाँ आयाम थपोस्

हृदयदेखि धड्कनबिच सास फेर्ने छ मधुर गीत
ढुकढुकी गाउँछ लयालु बात
यो दिल चुप छ, त्यो दिल चुप छ
त्यो दिल चुप छ, यो दिल चुप छ

यो दिल चुप छ, त्यो दिल चुप छ
त्यो दिल चुप छ, यो दिल चुप छ



Credits
Writer(s): Rajesh Kumar, Alish Karki
Lyrics powered by www.musixmatch.com

Link