Kasari

कसरी बदलिएछौ हामी दुवैलाई जानी जानी नजाने जसरी गर्दै छौ
कसरी बढेछौ है हामी कुरा मन भित्र थामी नचिने जस्तो गर्दै छौ

छाडिसके अब मैले तिम्लाई सम्झी दिनरात समय फाल्न
जानी सके अब मैले तिमी बिना आफुलाई सम्हाल्न
तर

आज तिमी बिना थाहा भो मन यो मेरो निकै एक्लो रहेछ
यो मन त मेरो केवल तिमी हुदाँ मात्र खुसी हुदो रहेछ

सकेनौ बुझ्न सारा संसार गलत ठहराइदिए
त्यो आँखामा म हराइदिए
हारे त केवल म
हारे म तर जितेनौ तिमी पनि
हुरुक्क हुन्थे सधैँ म तिमी भनी
फेरियौ तिमी किन नफेरिने म पनि
हो अब फेरिए म

छाडिसके अब मैले तिम्लाई सम्झी दिनरात समय फाल्न
जानी सके अब मैले तिमी बिना आफुलाई सम्हाल्न
तर

किन यो आँखा रसाउँछ तिम्रो नाम जिकिर हुदाँ
किन अझै सम्झिन्छ मनले तिम्रो श्पर्स सधैँ शिशिर हुदाँ

आज तिमी बिना थाहा भो मन यो मेरो निकै एक्लो रहेछ
यो मन त मेरो केवल तिमी हुदाँ मात्र खुसी हुदो रहेछ
आज तिमी बिना थाहा भो मन यो मेरो निकै एक्लो रहेछ
यो मन त मेरो केवल तिमी हुदाँ मात्र खुसी हुदो रहेछ



Credits
Writer(s): Ranjan Senchuri
Lyrics powered by www.musixmatch.com

Link