Kalo Kothi

मरक्कै मर्केको कम्मर छ
लरक्कै लर्केको कपाल छ
शित जस्तै जोबन चोखो छ
त्यही जोबन पाउने धोको छ

ज्योतिसिले भन्छन् जुर्यो हरे चिनामा
म तिम्रो हुन्छु रे अब यो जुनिमा
ज्योतिसिले भन्छन् जुर्यो हरे चिनामा
म तिम्रो हुन्छु रे अब यो जुनिमा
भए म हुरुक्कै, परे म भुतुक्कै एकै चोटीमा
मरे म मरे तिम्रो कालो कोठीमा
मरे म मरे तिम्रो कालो कोठीमा

तिमीलाई पाउन भनि देबी देउता पुजे, आखिर मनको देउता तिमी रहिछौ बुझे
तिमीलाई पाउन भनि देबी देउता पुजे, आखिर मनको देउता तिमी रहिछौ बुझे
माया गर्नु पाप होइन तिमी आफैँ सोच

हो, हो, हो,फूल पायो रस खायो मौरीलाई के दोष
राख न राख सानु मलाई मनको कुनामा
राख न राख सानु मलाई मनको कुनामा
म तिम्रो हुन्छु रे अब यो जुनिमा
भए म हुरुक्कै, परे म भुतुक्कै एकै चोटीमा
मरे म मरे तिम्रो कालो कोठीमा
मरे म मरे तिम्रो कालो कोठीमा

दुनियाले भन्छन माया आगो हो जलाउँछ
नफस्नु मायामा दिन रातै सताउँछ
दुनियाले भन्छन माया आगो हो जलाउँछ
नफस्नु मायामा दिन रातै सताउँछ
भन्नेले त जे नी भन्छन् सोध आफैंसँग
हो, हो, हो, नबुझे के हो के हो बुझे सिरिखण्ड

बाँध न बाँध सानु तिम्रो दिलको तुनामा
बाँध न बाँध सानु तिम्रो दिलको तुनामा
म तिम्रो हुन्छु रे अब यो जुनिमा
भए म हुरुक्कै, परे म भुतुक्कै एकै चोटीमा
मरे म मरे तिम्रो कालो कोठीमा
मरे म मरे तिम्रो कालो कोठीमा



Credits
Lyrics powered by www.musixmatch.com

Link