Salala Salala

सलल, सलल बग्ने खोला झैँ, हे
सलल, सलल बग्ने खोला झैँ, हे
जीवन तिम्रो बग्दै जाला है
जीवन तिम्रो बग्दै जाला है

गएको जोबन आउँदैन फर्केर, आउँदैन फर्केर, अ-ह, अ-ह, हे

झुकाई राख्छ्यौ लाजले कति ती स्वप्निल नजरहरू?
एकान्तमा बुन्दी है एक्लै बैँसालु रहरहरू
मनको कुरा मनमै रहिरहला
मनको कुरा मनमै रहिरहला

गएको जोबन आउँदैन फर्केर, आउँदैन फर्केर, अ-ह, अ-ह, हे

सम्हालिदिन्छु फुल झैँ यौवन, सुम्पिदेऊ प्रियसी मलाई
भरोसा गर, गर्नेछु माया जुनीभर तिमीलाई
ओठका मुस्कानहरू हराई जाला है
ओठका मुस्कानहरू हराई जाला है

गएको जोबन आउँदैन फर्केर, आउँदैन फर्केर, अ-ह, अ-ह, हे



Credits
Writer(s): Om Bikram Bista
Lyrics powered by www.musixmatch.com

Link