Muglan

कालो धुवाँ मुग्लानैमा रेलको सरर
कालो धुवाँ मुग्लानैमा रेलको सरर
म त हिँडेँ लाहुरतिर, नरोऊ धरर
म त हिँडेँ लाहुरतिर, नरोऊ धरर

सम्झीसम्झी निष्ठुरीलाई आँसु बरर
सम्झीसम्झी निष्ठुरीलाई आँसु बरर
छाडिजाने मायालाई भन्नु के छ र?
छाडिजाने मायालाई भन्नु के छ र?
बिचल्ली पाऱ्यौ, एक्लै छाड्यौ कलिलो बैँसमा
भिजेको आँखा देखेनौ, प्यारा, के छ र पैसामा?
फर्केर आउँछु, मै खुशी ल्याउँछु पसिना बेचेर
भत्किन नदेऊ सपना हाम्रो, राखे है साँचेर

कालो धुवाँ मुग्लानैमा रेलको सरर
म त हिँडेँ लाहुरतिर, नरोऊ धरर
सम्झीसम्झी निष्ठुरीलाई आँसु बरर
छाडिजाने मायालाई भन्नु के छ र?

लौ न, माया, कुर्दाकुर्दै जाला जिन्दगी
लौ न, माया, कुर्दाकुर्दै जाला जिन्दगी
हैन, माया, फर्की आउँछु म त केही गरी
हैन, माया, फर्की आउँछु म त केही गरी

चर्केको छाती, दु:ख मैमाथि, दोधारमा नपार
सिन्दूर हाली जाऊ न, माया, हुन्नचाहिँ नभन
विश्वास तिम्रो म लुट्नेछैन, सानो मन नगर
सिन्दूर किन्ने पैसा नि, प्रिय, मसँग कहाँ छ र?

कालो धुवाँ मुग्लानैमा रेलको सरर
म त हिँडेँ लाहुरतिर, नरोऊ धरर
सम्झीसम्झी निष्ठुरीलाई आँसु बरर
छाडिजाने मायालाई भन्नु के छ र?



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link