Chauka Dau

हिजो राती सपनीमा चुम्बन गऱ्यौ, राजै
हे, हिजो राती सपनीमा चुम्बन गऱ्यौ, राजै
नभन्नु थ्यो भनिहालेँ, भन्न पनि लाजै
रुकुमको

रुकुमको, हान, माया, चौका दाउ हुकुमको
रुकुमको, हान, माया, चौका दाउ हुकुमको
रुकुमको, हान, माया, चौका दाउ हुकुमको

फाटिसक्यो, उद्रिसक्यो रातभरि तानेर
हो, फाटिसक्यो, उद्रिसक्यो रातभरि तानेर
मैले च्याप्ने सिरानीलाई तिमीझैँ ठानेर
दमौली

दमौली, हिन, माया, मैसँगै रमौली
दमौली, हिन, माया, मैसँगै रमौली
दमौली, हिन, माया, मैसँगै रमौली

हाय, दमौली, हिन, माया, मैसँगै रमौली
हाय, रुकुमको, हान, माया, चौका दाउ हुकुमको

के मागौँ र वरदान मैले? देउता हजुर नै हो
हाय, के मागौँ र वरदान मैले? देउता हजुर नै हो
मैले पुज्ने मन्दिरको सुनको गजुर नै हो
रुकुमको

रुकुमको, हान, माया, चौका दाउ हुकुमको
रुकुमको, हान, माया, चौका दाउ हुकुमको
रुकुमको, हान, माया, चौका दाउ हुकुमको

सपनीमा देख्छु अचेल म नानी खेलाको
हो, सपनीमा देख्छु अचेल म नानी खेलाको
छेउमै तिमी मुस्कुराउँदै तरकारी केलाको
दमौली

दमौली, हिन, माया, मैसँगै रमौली
दमौली, हिन, माया, मैसँगै रमौली
दमौली, हिन, माया, मैसँगै रमौली

ए, न सिरबन्दी चाहियो, राजै, न चाहियो रानीहार
Hm, न शिरबन्दी चाहियो, राजै, न चाहियो रानीहार
टेक्न पाएँ, देख्न पाएँ त्यो दिलको दरैबार
रुकुमको

रुकुमको, हान, माया, चौका दाउ हुकुमको
रुकुमको, हान, माया, चौका दाउ हुकुमको
रुकुमको, हान, माया, चौका दाउ हुकुमको

सुरुवात होस् हरबिहानी मायाको हातसँगै
हो, सुरुवात होस् हरबिहानी मायाको हातसँगै
तिनै हातले पकाएर दिएको भातसँगै
दमौली

दमौली, हिन, माया, मैसँगै रमौली
दमौली, हिन, माया, मैसँगै रमौली
दमौली, हिन, माया, मैसँगै रमौली

हाय, दमौली, हिन, माया, मैसँगै रमौली
हाय, रुकुमको, हान, माया, चौका दाउ हुकुमको

कल्पनामै बेहुली बन्ने गर्छु रहर पूरा
हे, कल्पनामै बेहुली बन्ने गर्छु रहर पूरा
लुकीछिपी लगाई हेर्छु सिन्दूरपोतेचुरा
रुकुमको

रुकुमको, हान, माया, चौका दाउ हुकुमको
रुकुमको, हान, माया, चौका दाउ हुकुमको
रुकुमको, हान, माया, चौका दाउ हुकुमको

जन्तीलहर, घोडेसवार गरी आउँछु राजा
हो, जन्तीलहर, घोडेसवार गरी आउँछु राजा
डोली चढाई लान्छु तिमीलाई, बजाई पञ्चेबाजा
दमौली

दमौली, हिन, माया, मैसँगै रमौली
दमौली, हिन, माया, मैसँगै रमौली
दमौली, हिन, माया, मैसँगै रमौली

तिम्रो हुन पाइन भने रहन्न म जिउँदो
हे, तिम्रो हुन पाइन भने रहन्न म जिउँदो
साइको मारी, डिग्री साँची रङ्गाइदेऊ यो सिउँदो
रुकुमको

रुकुमको, हान, माया, चौका दाउ हुकुमको
रुकुमको, हान, माया, चौका दाउ हुकुमको
रुकुमको, हान, माया, चौका दाउ हुकुमको

वाचा मेरो यही हो, सानु, नबोले नि धेरै
हो, वाचा मेरो यही हो, सानु, नबोले नि धेरै
अन्तिम साल हो माइती बस्ने, अर्को साल त मेरै
दमौली

दमौली, हिन, माया, मैसँगै रमौली
दमौली, हिन, माया, मैसँगै रमौली
दमौली, हिन, माया, मैसँगै रमौली

हाय, दमौली, हिन, माया, मैसँगै रमौली
हाय, रुकुमको, हान, माया, चौका दाउ हुकुमको



Credits
Writer(s): Babu Krishna Pariyar, Bijaya Chand Darpan
Lyrics powered by www.musixmatch.com

Link