Dhoka Diyau Timle

धोका दियौ तिमीले, चोट दियौ तिमीले
हिँड्दाहिँड्दै बीच बाटोमै छोडिदियौ तिमीले
धोका दियौ तिमीले, चोट दियौ तिमीले
हिँड्दाहिँड्दै बीच बाटोमै छोडिदियौ तिमीले

तिमीले नै भन्थ्यौ, "साथ दिन्छु," तिमी नै थियौ खास
आज यो मेरो जिन्दगी भाको छ जिउँदो लास
ओ-हो, तिमीले नै भन्थ्यौ, "साथ दिन्छु," तिमी नै थियौ खास
आज यो मेरो जिन्दगी भाको छ जिउँदो लास

बाचा, कसम थियो सँगै जिउने, मर्ने
मेरा यी नै हातले तिम्रो सिउँदो भर्ने
तर धोका दियौ तिमीले, चोट दियौ तिमीले
हिँड्दाहिँड्दै बीच बाटोमै छोडिदियौ तिमीले

तिम्रै कारण हाँस्ने गर्थेँ, तिम्रै लागि रुन्थेँ
एकछिन तिमी टाढा हुँदा पागलसरी हुन्थेँ
हो, तिम्रै कारण हाँस्ने गर्थेँ, तिम्रै लागि रुन्थेँ
एकछिन तिमी टाढा हुँदा पागलसरी हुन्थेँ

तिमीलाई चोट लाग्दा मेरो मन दुख्थ्यो
तिमी खुशी भए मात्र मलाई सधैँ पुग्थ्यो
तर धोका दियौ तिमीले, चोट दियौ तिमीले
हिँड्दाहिँड्दै बीच बाटोमै छोडिदियौ तिमीले



Credits
Writer(s): Bishal Niroula, Karki Ji, Subas Karki, Subash Karki
Lyrics powered by www.musixmatch.com

Link