Arko Juni

अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र, खै
यही जुनीमा मायाले पिरिम गर है
अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र, खोइ
यही जुनीमा मायाले पिरिम गर है

माया, तिमी पारि, म छु वारि, किनारैमा पुल
माया, मेरो भागमा काँडै भए नि तिम्लाई फूलैफूल
माया, तिमी पारि, म छु वारि, किनारैमा पुल
माया, मेरो भागमा काँडै भए नि तिम्लाई फूलैफूल

अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र, खै
यही जुनीमा मायाले पिरिम गर है

गौँथलीको गुँडै राम्रो, जुरेलीको शिर
दुई दिन भेट नहुँदा नि लाग्छ तिम्रै पीर
आकाशमा जून राम्रो, धरतीमा फूल
बगाइदिन्छु, माया, तिम्लाई पिरतीको मूल

माया, तिमी पारि, म छु वारि, किनारैमा पुल
माया, मेरो भागमा काँडै भए नि तिम्लाई फूलैफूल

अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र, खै
यही जुनीमा मायाले पिरिम गर है

पिरतीले तिम्रो मन छुन खोज्याछु
जीवनभरि तिम्रै प्यारी हुन खोज्याछु
वारि खोला, पारि खोला बीचमा बगर
तिम्रै जीवनसाथी हुँ म, शङ्का नगर

माया, तिमी पारि, म छु वारि, किनारैमा पुल
माया, मेरो भागमा काँडै भए नि तिम्लाई फूलैफूल

अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र, खै
यही जुनीमा मायाले पिरिम गर है
अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र, खोइ
यही जुनीमा मायाले पिरिम गर है



Credits
Writer(s): Dinesh Thapaliya, Dipak Sharma
Lyrics powered by www.musixmatch.com

Link