Jhuto Maya

छैन केही ढाँटेको तिमीलाई
छैन केही लुकाएको तिमीलाई
अझै पनि विश्वास गर्दैनौ भने
किन मेरो मायालाई झुक्याएछौ?

आई हेर छातीभित्र, तिम्रो नै माया छ
सुनी हेर धड्कनलाई, तिम्रो नै आवाज छ

जल्नैपरे जलिदिन्छु, मर्नैपरे मरिदिन्छु
झूटो भएछैन भन तिमीभित्र मेरो माया
तड्पाउन खोज्छौ कति? रिसाएर सताउँछौ किन?
म हारेँ तिम्रो मायामा, अब त साथ देऊ न
भूल भयो माफ गर, मेरी माया, तिमी
तर झूटो माया नदेऊ

रुन्छु म एकान्त रातमा
देखेर पनि नदेखेझैँ गर्दाखेरि तिमी
भुल्छु म हाम्रा ती झडप-दिनहरू
जब तिमी मेरो सामु आउँदाखेरि फेरि

चाहन म अरूलाई सक्दिन फेरि
सहन म सक्दिन पनि
फेरि झूटो माया नदेऊ

जल्नैपरे जलिदिन्छु, मर्नैपरे मरिदिन्छु
झूटो भएछैन भन तिमीभित्र मेरो माया
तड्पाउन खोज्छौ कति? रिसाएर सताउँछौ किन?
म हारेँ तिम्रो मायामा, अब त साथ देऊ न
भूल भयो माफ गर, मेरी माया, तिमी
तर झूटो माया नदेऊ



Credits
Writer(s): Jeewan Gurung, Nepal, The Edge Band
Lyrics powered by www.musixmatch.com

Link