k cha babes?

k cha babes
"k cha babes", भनेर सम्बोधन गर्ने गर्छु
"k cha babes", भनेर सम्बोधन गर्ने गर्छु
सम्बोधन आफैलाई,
सम्बोधन तिमीलाई ।
सम्बोधन आफैलाई आभास गराउन:
कि मेरो पनि छ कोही ।
मेरो पनि कोही छ
मै भित्रै हराएको भनुँ, या लुकेको?
बस् यही एक्लोपनको घाउमा मलम लगाउन!
सम्बोधन गर्छु आफैलाई,
सम्बोधन गर्छु आफैलाई,
सम्बोधन तिमीलाई ।
सम्बोधन, "k cha babes" भनेर ।।

शब्द र भाव कहिले आफनै लागि हुन्छन्
मेरा शब्द र भाव कहिले आफनै लागि हुन्छन्
कहिले तिम्रा लागि ।
तिमीले बुझ्छौ बुझ्दैनौ पत्तो पाउँदिन म
तर मेरो मनले पाउँछ त सान्त्वना मात्र
यो बल्झिएको एक्लोपनको घाउका निम्ति ।।
तर मेरो मनले पाउँछ त सान्त्वना मात्र
यो बल्झिएको एक्लोपनको घाउका निम्ति ।।

सम्बन्धले दिएको यस घाउको मलम स्वरूप
म फेरि सम्बन्ध खोज्दैछु
सम्बन्धले दिएको यस घाउको मलम स्वरूप
म फेरि सम्बन्ध खोज्दैछु
सम्बन्ध मिठास, प्रेम र असीमित भरोसामा अढिएको
जसले यो घाउ भरेर पनि नयाँ जीवनको आभास गराओस्
मलाई
जसले यो घाउ भरेर पनि नयाँ जीवनको आभास गराओस्
मलाई
आभास गराओस की मैले सम्बन्ध सम्बोधन लाई सहिसँग सुरुवात गरेछु
हो आभास गराओस की मैले सम्बन्ध सम्बोधन लाई सहिसँग सुरुवात गरेछु
सुरुवात आफ्नो लागि
सुरुवात हाम्रो लागि
सुरुवात, "k cha babes" भनेर ।

k cha babes?

शुभ रात्री



Credits
Writer(s): Binit Shrestha
Lyrics powered by www.musixmatch.com

Link