Lahure

लाहुरे म त, छुट्टीमा आको
देखेर सारा गाउँघरै रमाको
जलेको छाती, पोलेको मन
सितलु दिने कोई छ कि भन न?

वर्षौं पछि मायालाई भेटेको (आ-है-आ-है)
हेरी-हेरी तिर्सना मेटेको
मुसुमुसु हाँसेर रमाउँदै
रुन थालिन् दाइने काँध समाउँदै

हा-हा-हा, बतासै चल्ने त्यो पारि पाखा
लाएको माया गोठालो जाँदा
सम्झेर म त फर्केर आएँ
मरेथ्यो जीवन, यहाँ पो भेटाएँ

कहिले जीवन खुकुरी धारैमा (आ-है-आ-है)
मरी-मरी बाँचेको सारैमा
चिसो पानी सलल खोलिमा
उता जीवन सतुरकै गोलीमा

हा-हा-हा, गरिबको छोरो, मन मात्रै धनी
परदेशी जीवन यस्तै त छ नि
सकिने बेला भइसक्यो छुट्टी
बजाइदेऊ मादल, रोधिमा नरोकी

नाच-नाच, दुःख पिर भुलेर
के गर्नु र भोलिलाई सम्झेर
आकाश कालो, बादलु हुनाले
के गर्नु र, चाँदी र सुनले

हा-हा-हा, देऊ न बिदा, फूकाइदेऊ बाटो
नरोऊ न माया, तिमी के भाको?
ओखती छैन, मन सञ्चो हुने
फर्केर आउँछु, बाँचेछु म भने

नौतुनाको रेलैमा चढेर (आ-है, आ-है)
हिँडे म त, मायालाई छाडेर
मीठामीठा सपना देखाई
ओठमा हासोँ, मनमा पिर लुकाई



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link