Daar chaina

पाएको तिमीलाई त खुसीले भएँ पागल
लाएको यो प्रेम दोहोरियोस् हजार जनम

ती आँखामा डुब्यो यो मन
मुस्किल छ तिमीबिना हरेक पल
हातैमा हात दिएँ, ओठैमा ओठ
एकअर्कामा डुबी जाँदै

तिमी मेरी, म नि तिम्रो
डर छैन, डर छैन, डर छैन
भावना सँगाली बुनेका
सपनाको घर जाउँला, घर जाउँला

मेरो धड्कन बढ्दै छ
तिम्रो अँगालोको यो नतिजा नि प्राणै लिने
इन्द्रकमल फुल्दै छन्
तिम्रो स्वागत गर्दै यो हरियाली हिमाल निहुरेर

आजको यो रात
बिन्ती छ जूनलाई कि त्यो प्रकाश अलिबेरसम्म देऊ
हाम्रो आफ्नै संसार
तिमी-मेरो सङ्गम रैछ नि दैवको देन

तिमी मेरी, म नि तिम्रो
डर छैन, डर छैन, डर छैन
भावना सँगाली बुनेका
सपनाको घर जाउँला, घर जाउँला

तिमी मेरी, म नि तिम्रो
डर छैन, डर छैन, डर छैन
भावना सँगाली बुनेका
सपनाको घर जाउँला, घर जाउँला



Credits
Writer(s): Kishan Adhikari
Lyrics powered by www.musixmatch.com

Link