Anta Maya Lako Bhaya

अन्त माया लाको भए नलुकाऊ भो तिमीले
हो, अन्त माया लाको भए नलुकाऊ भो तिमीले
मेरो जस्तै दिल हो उसको, नदुखाऊ भो तिमीले
नदुखाऊ भो तिमीले

तिमी र म बन्न सक्छौँ बरु असल साथी
चोट पुर्याउन हुन्न कहिल्यै चोखो माया गर्ने माथि
चोखो माया गर्ने माथि

सबलाई दुख्छ काट्यो भने, थाहा हुन्छ ढाँट्यो भने
हो, सबलाई दुख्छ काट्यो भने, थाहा हुन्छ ढाँट्यो भने
कति रोला उसको आत्मा तिम्ले छोड्न आँट्यौ भने
कति रोला उसको आत्मा तिम्ले छोड्न आँट्यौ भने

न म खुशी, न ऊ खुशी उसलाई छोडी मलाई रोज्दा
तिम्रै ओठको हाँसो पनि हराउला हाँस्न खोज्दा
तिम्रै ओठको हाँसो पनि हराउला हाँस्न खोज्दा

मायामा नै शङ्का भए जुनी काट्न गाह्रो हुन्छ
हो, मायामा नै शङ्का भए जुनी काट्न गाह्रो हुन्छ
खुशी साट्न सजिलो हो, दुःख साट्न साह्रो हुन्छ
खुशी साट्न सजिलो हो, दुःख साट्न साह्रो हुन्छ

तर अरू छैन भने बन्न सक्छौ मेरै
मन पराउँछु म त तिम्लाई, माया गर्छु धेरै-धेरै
मन पराउँछु म त तिमीलाई, माया गर्छु धेरै-धेरै

अन्त माया लाको भए नलुकाऊ भो तिमीले
हो, अन्त माया लाको भए नलुकाऊ भो तिमीले
मेरो जस्तै दिल हो उसको, नदुखाऊ भो तिमीले
नदुखाऊ भो तिमीले

तिमी र म बन्न सक्छौँ बरु असल साथी
चोट पुर्याउन हुन्न कहिल्यै चोखो माया गर्ने माथि
चोखो माया गर्ने माथि



Credits
Writer(s): Basudev Parajuli
Lyrics powered by www.musixmatch.com

Link