Chainejo

अँगेरी पाकेको, चाइनेजो, जुरेली नाचेको
अँगेरी पाकेको, चाइनेजो, जुरेली नाचेको
फूल जस्तो लाली जोवन कसलाई साँचेको?
फूल जस्तो लाली जोवन कसलाई साँचेको?

ऐँसेलु पाकेको, चाइनेजो, खै चरी नाचेको?
ऐँसेलु पाकेको, चाइनेजो, खै चरी नाचेको?
फूल जस्तो लाली जोवन तिमीलाई साँचेको
फूल जस्तो लाली जोवन तिमीलाई साँचेको

गीत गाउँदा बनचरीले बनै रनघन
तिम्रै वरिपरि घुमिरहुँ भन्छ मन
साँझपख झ्याउँकिरीले भन्छ बास बसुँ
रातपछि दिन आउने, आउने आश राख

अँगेरी पाकेको, चाइनेजो, जुरेली नाचेको
फूल जस्तो लाली जोवन कसलाई साँचेको?
हो, ऐँसेलु पाकेको, चाइनेजो, खै चरी नाचेको?
फूल जस्तो लाली जोवन तिमीलाई साँचेको

राख्नेछु यही दिलमा सजाई फूलमा जस्तै
अजम्बरी बाँचिरहुँ घाम-जुन जस्तै
सम्हालिदेऊ मन मेरो मनको राजा बनि
सुखी जीवन बिताउँ सँगै चखेवा जस्तै बनि

अँगेरी पाकेको, चाइनेजो, जुरेली नाचेको
फूल जस्तो लाली जोवन कसलाई साँचेको?
हो, ऐँसेलु पाकेको, चाइनेजो, खै चरी नाचेको?
फूल जस्तो लाली जोवन तिमीलाई साँचेको

हो, फूल जस्तो लाली जोवन कसलाई साँचेको?
एई, फूल जस्तो लाली जोवन तिमीलाई साँचेको
फूल जस्तो लाली जोवन कसलाई साँचेको?
हो, फूल जस्तो लाली जोवन तिमीलाई साँचेको



Credits
Writer(s): Nisha Nembang, Thami Khusi Bhai
Lyrics powered by www.musixmatch.com

Link