Kasaile Nasodha

कसैले नसोध यो मन उडेर कहाँ गयो
मलाई नै थाहा छैन मेरै छ कि पराई भयो
कसैले नसोध यो मन उडेर कहाँ गयो
मलाई नै थाहा छैन मेरै छ कि पराई भयो

कहाँ खोजूँ, कहाँ भेटूँ? कता गयो, गयो

जान त गयो, गयो, लौ गयो, गइगयो
यति मात्रै थाहा भयो
जान त गयो, गयो, लौ गयो, गइगयो
यति मात्रै थाहा भयो

कसैले नसोध यो उडेर कहाँ गयो

धेरैलाई सोधी हेरेँ, "बेलै यस्तो" भन्छन्
"जतन गर्न नजानेकी, बुद्धि कस्तो?" भन्छन्
ओ, धेरैलाई सोधी हेरेँ, "बेलै यस्तो" भन्छन्
"जतन गर्न नजानेकी, बुद्धि कस्तो?" भन्छन्

सम्हालेरै राखेकी थेँ, मैलाई छली गयो

जान त गयो, गयो, लौ गयो, गइगयो
यति मात्रै थाहा भयो
जान त गयो, गयो, लौ गयो, गइगयो
यति मात्रै थाहा भयो

नसोध, नसोध यो मन उडेर कहाँ गयो

आफ्नो मन आफैसँग खेल्छ लुकामारी
कि छ यतै वरिपरि कि त पुग्यो पारि
हो, आफ्नो मन आफैसँग खेल्छ लुकामारी
कि छ यतै वरिपरि कि त पुग्यो पारि

खबर केही नगरेरै कता गयो, गयो

जान त गयो, गयो, लौ गयो, गइगयो
यति मात्रै थाहा भयो
जान त गयो, गयो, लौ गयो, गइगयो
यति मात्रै थाहा भयो

कसैले नसोध, ला-ला-ला-ला-ला, ला-ला-ला
Hm-hm-hm-hm-hm, ला-ला-ला-ला-ला, ला-ला-ला



Credits
Writer(s): Daya Ram Pande
Lyrics powered by www.musixmatch.com

Link