Tamam Ti

तमाम ति सपनाहरू अधुरै, अपुरै रह्यो
तिमीप्रति मलाई निकै-निकै नै भरोसा थियो
तमाम ति सपनाहरू अधुरै, अपुरै रह्यो
तिमीप्रति मलाई निकै-निकै नै भरोसा थियो
तमाम ति सपनाहरू अधुरै, अपुरै रह्यो

दुनियाँले भन्ने गर्थे सपना त झुटो हुन्छ
सपनामा हाँस्ने मान्छे विपनामा सधैँ रुन्छ
हो, दुनियाँले भन्ने गर्थे सपना त झुटो हुन्छ
सपनामा हाँस्ने मान्छे विपनामा सधैँ रुन्छ

छिनमै रङ्ग फेर्ने माया मुटुभित्र बल्झिरह्यो
तिमीप्रति मलाई निकै-निकै नै भरोसा थियो
तमाम ति सपनाहरू अधुरै, अपुरै रह्यो

वर्षातको झरिसरी आँखा मेरा रसाउँछन्
हेर्छु सधैँ तस्बिर तिम्रो, यादहरूले सताउँछन्
हो, वर्षातको झरिसरी आँखा मेरा रसाउँछन्
हेर्छु सधैँ तस्बिर तिम्रो, यादहरूले सताउँछन्

थामिएन आँसु मेरो, अविरल बगिरह्यो
तिमीप्रति मलाई निकै-निकै नै भरोसा थियो
तमाम ति सपनाहरू अधुरै, अपुरै रह्यो
तिमीप्रति मलाई निकै-निकै नै भरोसा थियो
तमाम ति सपनाहरू अधुरै, अपुरै रह्यो



Credits
Writer(s): Gayatri Thapa
Lyrics powered by www.musixmatch.com

Link