Janae Manxe Ko Bato

जाने मान्छेको बाटो छेक्नै सकिन मैले
पराईसँग उसलाई देख्नै सकिन मैले
हो-हो, जाने मान्छेको बाटो छेक्नै सकिन मैले
पराईसँग उसलाई देख्नै सकिन मैले

पाउ परेँ, बिन्ती गरेँ, रुँदा पनि
छाडी गयौ आँसुले मुख धुँदा पनि
जाने मान्छेको बाटो छेक्नै सकिन मैले
पराईसँग उसलाई देख्नै सकिन मैले

बिर्सूँ कसरी आधाअधूरा मेरो जीवनको कथा?
जुन कथामा खुसी भन्दा नि आँसु भेटिन्छ अथाहा
हो, बिर्सूँ कसरी आधाअधूरा मेरो जीवनको कथा?
जुन कथामा खुसी भन्दा नि आँसु भेटिन्छ अथाहा

उसलाई पाउने मेरो चाहा थियो
उसैले मलाई धोका दियो
जाने मान्छे तिमी कहिल्यै नरुनू है
तिम्रो मान्छेसँग खुसी हुनू है

घायल भएर, चोट सहेर बाँचूँ म कसरी?
आँसु लुकाई, यो मन दुखाई हाँसूँ म कसरी?
हो, घायल भएर, चोट सहेर बाँचूँ म कसरी?
आँसु लुकाई, यो मन दुखाई हाँसूँ म कसरी?

उसलाई पाउने मेरो नसिब थिएन
भाग्यले नि मलाई हाँस्नै दिएन
जाने मान्छे तिमी बरु मारेर जाऊ
न त रुन्थ्यो यो मन न त दुख्थ्यो घाउ



Credits
Writer(s): Roshan Singh
Lyrics powered by www.musixmatch.com

Link