Banideu

म कालो रात, तिमी चन्द्रमा
यसै बितिजाने नै हो
तिमी टुकी बन मेरो अँधेरीमा
किरण आउँछ खुशीको

खोजिरहन्छ तिमीलाई मन निसासिँदा पनि
सोचिरहन्छ तिम्रै बारे दिनरात भुलिसकेछ तिम्रो यादमा

म जान्छु आकाश छुन, जहाज बनिदेऊ
तर्नेछु म समुन्द्र, बहाव बनिदेऊ
जानेछु त्यो युद्धमा, साहस बनिदेऊ
हराउनेछु हर हारलाई, प्रयास बनिदेऊ
बनिदेऊ, hmm

कहिल्यै नछुट्टिजाने हात बनिदेऊ
कहिल्यै नटुटिजाने साथ बनिदेऊ
शीतल र शान्ति छर्ने रात बनिदेऊ
सुनिरहूँ झैँ लाग्ने बात बनिदेऊ



Credits
Writer(s): Bishal Pradhan, Akash Kc
Lyrics powered by www.musixmatch.com

Link