Bhagey Ko Talcha Khole

Budha Subba Digital, enjoy with us!

भाग्यको ताल्चा खोल्ने साँचो नै पाइएन
भाग्यको ताल्चा खोल्ने साँचो नै पाइएन
सन्तोषको सास फेर्न कहिल्यै पाइएन
दिन पछि रात आउँछ, रात पछि दिन
दिन पछि रात आउँछ, रात पछि दिन
दुःख पछि पनि कहिल्यै सुख आएन

सबै मिल्छ कर्मले भन्थेँ, भाग्यले साथै दिएन
घामको न्यानो, जूनको शीतल अनुभूति नै भएन
जहिले पनि वारिपारि, गरीबलाई काँडाघारी
जहिले पनि वारिपारि, गरीबलाई काँडाघारी
समस्याको समस्या नै, समाधान भएन

गन्तव्यको उकाली चढ्दा भीरैबाट झरिगयो
महत्वहीन धूलोसरि आँधीसँगै उडिगयो
यो सूर्ज्यमा ग्रहण लाग्यो, त्यो सूर्ज्यमा पनि
यो सूर्ज्यमा ग्रहण लाग्यो, त्यो सूर्ज्यमा पनि
ग्रहण हट्छ त्यो देवको, हटेन मेरो कहिले नि

भाग्यको ताल्चा खोल्ने साँचो नै पाइएन
भाग्यको ताल्चा खोल्ने साँचो नै पाइएन
सन्तोषको सास फेर्न कहिल्यै पाइएन



Credits
Writer(s): Keshav Mishra, Joogle Dangol
Lyrics powered by www.musixmatch.com

Link