Batash (Stripped)

किन पछ्याई रहन्छौ तिमी?
सोधेनौ के आफैलाई यो एकचोटी?
देख्दैनौ र माया यो मेरो?
लुकाई लुक्दैन भावना मनका

चल्न देउ बतास उडाई लगोस यो संसार
समाई रहन्छु त्यो हात बाकी रहुन्जेल यो शास
सीतल छाया बनि आई देउ, माया
सुन्य-सुन्य छ यहाँ, खोज्छन् तिम्लाई नै आँखा

म हेर्छु डराउदै, हिँड्छु भौतारिदै
दृश्य तिम्रो पाउन,
खसेका तारा होस् या झारेका परेला
माग्छु तिम्लाई हरेक दिन म,

किन हो किन, त्यसै लाग्छ माया
छैन कुनै कारण खास
गुम्सेको मन र थाकेको तन
खोजि रहन्छ दिन राता तिम्रो नै आभाष

चल्न देउ बतास उडाई लगोस यो संसार
समाई रहन्छु त्यो हात बाकी रहुन्जेल यो शास
सीतल छाया बनि आई देउ, माया
सुन्य-सुन्य छ यहाँ, खोज्छन् तिम्लाई नै आँखा



Credits
Writer(s): Shashwot Khadka
Lyrics powered by www.musixmatch.com

Link