Sinki Achar

सानोमा सानो, हजुर, गाईको बाछो, भीर चढ्छ-चढ्दैन?
तिमीलाई लाने, हजुर, मै झिल्के ठिटो, मन पर्छ-पर्दैन?
सानोमा सानो, हजुर, गाईको बाछो, भीर चढ्छ-चढ्दैन?
तिमीलाई लाने, हजुर, मै झिल्के ठिटो, मन पर्छ-पर्दैन?

सिन्की अचार, हो, के छ विचार?
(सिन्की अचार, हो, के छ विचार?)
माया लाउन मायालुको के छ विचार?
(माया लाउन मायालुको के छ विचार?)

तिरीमा तिरी, हजुर, मुरली बज्यो, बाँसैको कप्टेरो
मन परे पनि, हजुर, चिनजानै छैन, बोलाउनै अप्ठेरो
तिरीमा तिरी, हजुर, मुरली बज्यो, बाँसैको कप्टेरो
मन परे पनि, हजुर, चिनजानै छैन, बोलाउनै अप्ठेरो

सिन्की अचार, हो, छैन हतार
(सिन्की अचार, हो, छैन हतार)
माया लाउन यो सानीलाई छैन हतार
(माया लाउन यो सानीलाई छैन हतार)

सुकेको बिस्कुन आँगनीबाट तलामा थन्काउनू
मनको कुरा मनैले बुझे के आँखा सन्काउनु?
गाग्रीको पानी लोटामा सार्दा छलछली छल्केला
अल्लारे केटा, नआऊ भो यता, चोर आँखा पल्केला
चानचुने पैसा हार मिलाई गन, नोटलाई खनखनी
मायालु ज्यानले "नआऊ भो" भन्दा मन घुम्यो फनफनी
आलुमा रोपे गरामा माथि पिँडालु खन्दिनू
बेइमानी हुन्छन् आजकालका मान्छे, कसरी मन दिनु?

(सिन्की अचार, हो, के छ विचार?)
(सिन्की अचार, हो, छैन हतार)
माया लाउन मायालुको के छ विचार?
माया लाउन यो सानीलाई छैन हतार
(माया लाउन मायालुको के छ विचार?)
(माया लाउन यो सानीलाई छैन हतार)

धान खाने सुगा, गहुँ खाने मैना, जौ खायो घैयाले
यतिमा राम्रो जोबन दिँदा भाउ खायो मैयाँले
डाँडैको फेदी, शीतलु दिने पीपलु रूखैले
साँचैमा जोबन दिने नै हो कि ठीक पार्यौ मुखैले?
ओखरको दाना, दानमा गुदी फोरेर खाँदैन
होइ, मायाले माया तानेर लान्छ, चोरेर लाँदैन
शिकारी दाइले शिकार खेल्यो बन्दुकै ताकेर
सक्छौमा भने मागेर लैजाऊ, जाँदिन भागेर

(सिन्की अचार, हो, के छ विचार?)
(सिन्की अचार, हो, छैन हतार)
माया लाउन मायालुको के छ विचार?
माया लाउन यो सानीलाई छैन हतार
(माया लाउन मायालुको के छ विचार?)
(माया लाउन यो सानीलाई छैन हतार)

(माया लाउन मायालुको के छ विचार?)
(माया लाउन यो सानीलाई छैन हतार)



Credits
Writer(s): Nagwa Phinju Pakhrin
Lyrics powered by www.musixmatch.com

Link