Tekera Dil Ko Dailo

टेकेर दिलको दैलो बाहिरैबाट फर्कियौ किन?
हो, टेकेर दिलको दैलो बाहिरैबाट फर्कियौ किन?
बुझ्न मलाई गाह्रो भो मबाट तर्कियौ किन
तर पनि मलाई केवल तिम्रै आस छ
जीवन धान्न सक्दिन भन्ने त्रास पनि छ
टेकेर दिलको दैलो बाहिरैबाट फर्कियौ किन?

हत्केलामा फूल देखाई मुटुमा वाण हान्यौ तिम्ले
Mmm, हत्केलामा फूल देखाई मुटुमा वाण हान्यौ तिम्ले
रङ्गीन मेरो जीवनलाई फिक्का-फिक्का पार्यौ तिम्ले

क्षितिजको आस देखाई किनारामै छोड्यौ किन?
बुझ्न मलाई गाह्रो भो मबाट तर्कियौ किन
तर पनि मलाई केवल तिम्रै आस छ
जीवन धान्न सक्दिन भन्ने त्रास पनि छ
टेकेर दिलको दैलो बाहिरैबाट फर्कियौ किन?

चाहेको सबै नपुग्दो रैछ, चाहनु तिम्लाई भूल भएछ
हो, चाहेको सबै नपुग्दो रैछ, चाहनु तिम्लाई भूल भएछ
नझारूँ भन्छु व्यर्थै म आँसु, तैपनि पलपल झरिरहेछ

हो, टेकेर दिलको दैलो बाहिरैबाट फर्कियौ किन?
बुझ्न मलाई गाह्रो भो मबाट तर्कियौ किन



Credits
Writer(s): Arjun Pokhrel
Lyrics powered by www.musixmatch.com

Link