Khoi Kaha Ho Kaha

खोइ, कहाँ हो कहाँ हराएँ म
खोइ, कता हो कता हराएँ म
खोइ, म पनि के जानूँ तिमीभित्रै कहाँ हो कता हराएँ म
खोइ, कहाँ हो कहाँ हराएँ म

एक्लो-एक्लो थियो जीवन, रङ्गीन भो तिमी आएर, तिमी आएर
हिजोअस्तिभन्दा मीठो लाग्न थाल्यो पल तिमी पाएर, तिमी पाएर

त्यसैले पो हराएँ कि म?

खोइ, कहाँ हो कहाँ हराएँ म

गुमसुम-गुमसुम छ यो मन, छ यो उदास तिमीबिना, तिमीबिना
उस्तै चाल मेरो पनि तिम्लाई जस्तै रातदिन, रातदिन

त्यसैले पो हराएँ कि म?

खोइ, कहाँ हो कहाँ हराएँ म
खोइ, कता हो कता हराएँ म
खोइ, म पनि के जानूँ तिमीभित्रै कहाँ हो कता हराएँ म
खोइ, कहाँ हो कहाँ हराएँ म
खोइ, कता हो कता हराएँ म



Credits
Writer(s): Suresh Adhikari
Lyrics powered by www.musixmatch.com

Link