Galli Galli

गल्ली-गल्ली, ढुङ्गा-ढुङ्गा
खरीले मेरो नाम लेख्दै हिँड्ने को होला?
आ, भेट्न पाए, चिन्न पाए
गुलाफको फूल टिपी दिन्थेँ, जे-जे होला, होला

गल्ली-गल्ली, ढुङ्गा-ढुङ्गा
खरीले मेरो नाम लेख्दै हिँड्ने को होला?
आ, भेट्न पाए, चिन्न पाए
गुलाफको फूल टिपी दिन्थेँ, जे-जे होला, होला

अक्षरले नै भन्छ उनी लच्छिनकी छिन्
आफ्नै मौलिक पहिरनमा सजिएकी छिन्

अक्षरले नै भन्छ उनी लच्छिनकी छिन्
आफ्नै मौलिक पहिरनमा सजिएकी छिन्

नाम पाए, ठेगान पाए
चिठी लेखी पठाइदिन्थेँ, जे-जे होला, होला, होला
गल्ली-गल्ली, ढुङ्गा-ढुङ्गा
खरीले मेरो नाम लेख्दै हिँड्ने को होला?

मन-मन्दिरमा देवी समान पुज्न तयार
भेट्ने आसमा धाउन थालेँ हाटबजार

हो, मन-मन्दिरमा देवी समान पुज्न तयार
भेट्ने आसमा धाउन थालेँ हाटबजार

बाउ-आमा चिन्न पाए
उनको हात माग्न जान्थेँ, जे-जे होला, होला, होला

गल्ली-गल्ली, ढुङ्गा-ढुङ्गा
खरीले मेरो नाम लेख्दै हिँड्ने को होला?
आ, भेट्न पाए, चिन्न पाए
गुलाफको फूल टिपी दिन्थेँ, जे-जे होला, होला



Credits
Lyrics powered by www.musixmatch.com

Link