Prakriti

के सोचेँ मैले, र म सोचमै हराएँ
किनकि सोचमा तिमी थ्यौ, तिम्रो-मेरो मिलन थ्यो
नीलो यो सागर गहिरो छ, झन् गहिरो मेरो यो माया छ
अब यताउति सोच्दिन, तिम्रो भरोसा म तोड्दिन

ओ प्रकृति, होला नि माया अलिकति
अलिकतिमा खुसी छु, तिमी हाँसे म रमाउँछु
ओ प्रकृति, दिन्छु नि माया भएजति
बोली पनि कति मीठो हो, अब यो दिल तिम्रै हो

म त धुजा-धुजा परेको मनलाई जोड्दै छु (जोड्दै छु)
च्यातिसेकेको मन तिम्रै मायाले सिउँदै छु (सिउँदै छु)
अब टाढा हैन, तिम्रो नजिक छु
तिम्लाई धेरै-धेरै माया गर्दछु

मायालु, पर्खिदेऊ, साँझ परेपछि आउँला
त्यही बाटो, चौतारी तिमीलाई भेट्न आउँला
समय बितेको चालै पाएन, माया कहिले बस्यो थाहा भएन
तिमी मेरो फूल, तिमी मेरो जून

ओ प्रकृति, होला नि समय अलिकति
अलिकति मलाई समय देऊ, मेरो माया बुझाउन देऊ
ओ प्रकृति, दिन्छु नि माया भएजति
अब मनमा तिमी छौ, मात्र तिमी नै तिमी छौ



Credits
Writer(s): Satish, Satish Ghalan
Lyrics powered by www.musixmatch.com

Link