Shital Shital

शितल शितल बसन्ती पवन संगै
तिमी आऊ पिरतीको सुवास बोकेर
कोमल कोमल त्यो मुटुको चाल सँगै
म बस्छु धडकनको आभास बनेर

वर वर तिमी बस मुटु भन्दा वर
छैन कुनै सपना तिमी भन्दा पर
ऐना र प्रतिविम्बको नाता जस्तै
जहाँ छ मेरो मन तिमी छौ त्यहि निर
शितल शितल बसन्ती पवन संगै
तिमी आऊ पिरतीको सुवास बोकेर
शितल शितल बसन्ती पवन संगै
तिमी आऊ पिरतीको सुवास बोकेर

आँसु हैनौ तिमी मेरो आँखाको नानी
तिम्रै लागी समर्पण छ मेरो हजार जुनी
जुनेली रातको जुन साईनो जस्तै
मेरो अन्धकारको उज्यालो हौ तिमी
शितल शितल बसन्ती पवन संगै
तिमी आऊ पिरतीको सुवास बोकेर
शितल शितल बसन्ती पवन संगै
तिमी आऊ पिरतीको सुवास बोकेर



Credits
Writer(s): Jyoti Rai
Lyrics powered by www.musixmatch.com

Link