Jindagi Yeuta Geet Ho

जिन्दगी एउटा गीत हो, गाउँदै-गाउँदै जाऊ
जिन्दगी मायाप्रीत हो, लाउँदै-लाउँदै जाऊ

Hmm, जिन्दगी एउटा गीत हो, गाउँदै-गाउँदै जाऊ
जिन्दगी मायाप्रीत हो, लाउँदै-लाउँदै जाऊ
गाउँदै-गाउँदै जाऊ, गाउँदै-गाउँदै जाऊ
जिन्दगी मायाप्रीत हो, लाउँदै-लाउँदै जाऊ

तिमी नै हौ मेरो खुशी गीतमा गुनगुनाउने
तिम्लाई नै हो मैले मनका कुराहरू सुनाउने
Mmm, तिमी नै हौ मेरो खुशी गीतमा गुनगुनाउने
तिम्लाई नै हो मैले मनका कुराहरू सुनाउने

यो मनलाई रमाउन देऊ तिम्रो मनसँग
मीठो सम्बन्ध छ तिम्रो जीवनसँग

जिन्दगी हारजीत हो, हाँस्दै, रमाउँदै जाऊ
जिन्दगी मायाप्रीत हो, लाउँदै-लाउँदै जाऊ
गाउँदै-गाउँदै जाऊ, गाउँदै-गाउँदै जाऊ
जिन्दगी मायाप्रीत हो, लाउँदै-लाउँदै जाऊ

कतै मैदान-फाँट, कतै त भीरैभीर
जीवनमा हाँसो कहिले, कहिले त पीरैपीर
कतै मैदान-फाँट, कतै त भीरैभीर
जीवनमा हाँसो कहिले, कहिले त पीरैपीर

मनका कुरा साट्न देऊ तिम्रो मनसँग
मीठो सम्बन्ध छ तिम्रो जीवनसँग

जिन्दगी यही रीत हो, हात समाउँदै-समाउँदै जाऊ
जिन्दगी मायाप्रीत हो, लाउँदै-लाउँदै जाऊ
गाउँदै-गाउँदै जाऊ, गाउँदै-गाउँदै जाऊ
जिन्दगी मायाप्रीत हो, लाउँदै-लाउँदै जाऊ



Credits
Writer(s): Arjun Pokhrel
Lyrics powered by www.musixmatch.com

Link